कोशी प्रदेशका सांसदहरुलाई एआइ र सामाजिक सञ्जालबारे तालिम

न्युजलय ५ बैशाख २०८२, शुक्रबार १२:०६ मा प्रकाशित

विराटनगर । कोशीका प्रदेश सांसदलाई एआइ तथा सामाजिक सञ्जालसम्बन्धी तालिम दिइएको छ ।


एमाले संसदीय दलको कार्यालयमा प्रदेश सांसद र स्वकीय सचिवहरुलाई पत्रकारद्वय लीलाराज भट्टराई र हिमाल दाहालले तालिम दिएका थिए । 


भट्टराईले एआईका उपयोगी टुल्सका बारेमा जानकारी दिएका थिए भने दाहालले सामाजिक सञ्जाल प्रयोगको महत्व र तरिकाबारे प्रस्तुती दिएका थिए ।


तालिमका सहभागिहरुले नयाँ प्रविधिका बारेमा जानकारी पाउँदा उत्साहित बनेको प्रतिक्रिया दिएका थिए । सांसदहरुले विकसित प्रविधिका बारेमा जानकार हुन आवश्यक रहेको बताउँदै एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङथेपले अझै विस्तृत तालिमको आयोजना गर्ने बताए ।


प्रदेश सांसद किशोरचन्द्र दुलालले अहिलेको समयमा नयाँ प्रविधिलाई प्रयोग गर्दा उपलब्धि हासिल गर्न सकिने बताए । तालिम उपलब्धिमूलक भएको उनको भनाइ छ ।