पाँच दिनदेखि बेपत्ता दाजु बहिनी मृत फेला

न्युजलय २२ साउन २०८२, बुधबार १२:१५ मा प्रकाशित

पाँचथर । पाँच दिनदेखि बेपत्ता रहेका याङवरक गाउँपालिका–१ च्याङथापुका दुई जना दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुको शव मंगलबार याङवरक–१ स्थित बिरुवा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शुक्रबार बिहानदेखि सम्पर्कविहीन बनेका दुवै दाजुबहिनीलाई स्थानीय र सुरक्षाकर्मीको टोलीले खोजी गर्दै आएको थियो ।

घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहे पनि बालबालिकाको मृत्युबारे यकिन कारण पत्ता लागेको छैन ।