विराटनगर । विराटनगर ५ स्थित सम्झना चोकमा एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी) प्रि स्कुल सञ्चालनमा आउन लागेको छ। बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै सञ्चालनमा आउन लागेको यो प्रि स्कुलले रमाइलो र अनुभवजन्य तरिकाले सिकाउने उद्देश्य लिएको छ । प्रि स्कुलले पुस्तकभन्दा परको सिकाइलाई प्रोत्साहन गर्दै सिर्जनात्मकता, व्यवहारिक ज्ञान, संस्कार र मूल्यमा आधारित शिक्षालाई केन्द्रमा राखेको स्कुलका निर्देशक बिबेक दाहालले जानकारी दिए।
यहाँ प्लेग्रुप (२ वर्षदेखि माथि), नर्सरी, जुनियर किन्डरगार्डेन, सिनियर किन्डरगार्डेन डे केयर सेवासम्मका कार्यक्रमहरू सञ्चालन हुने छ । अनुभवी शिक्षकहरूद्वारा प्रदान गरिने शिक्षा माया, हेरचाह, र प्रेरणादायी वातावरणमा आधारित हुने दाहालले जानकारी दिए। विद्यालयमा फराकिलो र सुरक्षित खेल क्षेत्र, अडियो–भिडियो हल, पुस्तकालय, सवारी सुविधा, नियमित स्वास्थ्य परीक्षण, स्वच्छ खाजाका विकल्प, तथा वातानुकूलित कक्षाकोठाजस्ता सुविधाहरू उपलब्ध हुनेछन्। साथै, संगीत, कला, कथा वाचन, संस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापहरूबाट बालबालिकाको सर्वांगीण विकासमा सहयोग पुग्नेछ।
एबीसी प्री स्कुलले शिक्षालाई रमाइलो, अन्तरक्रियात्मक र संस्कारयुक्त बनाउने लक्ष्य लिएको छ। विद्यालयका निर्देशक दाहाल अनुसार, चाँडै नै अभिभावकलाई लक्षित गरी अवलोकन कार्यक्रम पनि आयोजना गरिनेछ, जसबाट अभिभावकहरूले विद्यालयको वातावरण, शिक्षण पद्धति र सुविधाहरू प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।