प्रेस चौतारी नेपालको स्थापना दिवसमा फुटसल र द्विप प्रज्वलन

न्युजलय २३ माघ २०८१, बुधबार ०९:१७ मा प्रकाशित

सुनसरी । प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवस सुनसरीमा फुटसल र दिप प्रज्वलन गर्दै मनाइएको छ । 


सुनसरीको धरान १९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र प्रेस चौतारी सुनसरीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । प्रतियोगितामा चौतारीलाई ७–५ गोल अन्तरले पराजित गर्दै महासंघ बिजयी बनेको छ । 


त्यसअघि नेकपा एमाले केन्द्रीय सदस्य तथा धरान उपमहानगरपालिका पुर्व उपप्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा केक काटिएको थियो । देशमा लोकतन्त्र स्थापनाका लागि प्रेस चौतारीको महत्वपुर्ण भुमिका रहेको बताउदै प्रमुख अतिथी भण्डारीले पत्रकारिता मार्फत समाज रुपान्तरणका क्षेत्रमा थप अग्रसर भएर लाग्नुपर्नेमा जोड दिएकी थिइन् ।


कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह सयोजक देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी सुनसरी पुर्व अध्यक्ष भिम ज्वाला राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रेस चौतारी सुनसरी अध्यक्ष विकास चाम्लिङ राइको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सोही साँझ सुनसरीका तीन वटा पालिकामा द्विप प्रज्वलन गरि प्रेस चौतारीले स्थापना दिवस मनाएको छ । इटहरी चौक, धरानको भानु चौक र बराहक्षेत्रको कालाबञ्जार चोकमा द्विप प्रज्वलन गरिएको हो । इटहरीमा आयोजित द्विप प्रज्वलन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रेस चौतारी निवर्तमान केन्दृय उपाध्यक्ष लिलाराज भट्टराइले प्रेस चौतारीको ईतिहास र हालसम्मको यात्राबारे चर्चा गरेका थिए । कार्यक्रमहरुमा विभिन्न संगठनका प्रतिनिधिहरु, व्यवसायी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।