संखुवासभाको बाह्रविसेमा आगलागी, ५ वटा घर जलेर नष्ट

न्युजलय ३ माघ २०८१, बिहिबार ०१:३४ मा प्रकाशित

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । 

आगलागीबाट सुरेश तामाङ्गको २ वटा र रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एकएक वटा घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामबहादुर राईको घरवाट सुरु भएको आगलागी  नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।