सुनसरीमा ५३७ किलो गाँजासहित एक जनाा पक्राउ

न्युजलय २० असोज २०८२, सोमबार १२:५० मा प्रकाशित

सुनसरी ।  सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित खेतबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले सोमबार  धानबारीमा लुकाइराखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

खेतमा राखिएका १३ वटा प्लास्टिकका पोकाभित्रबाट जम्मा ५३७ किलो १४० ग्राम गाँजा बरामद गरिएको छ। गाँजा तस्करीमा संलग्न सोही स्थानका ४५ वर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिइएको प्रकरीले जनाएको छ । 

 पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।