२०७८ साल मङ्सिर १३ गते सोमबार

फ्रान्सको तटमा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार १२:११ मा प्रकाशित

काठमाडौं । फ्रान्सको क्यालेसको तटमा रहेको इङ्लिस च्यानल(बेलायती समुन्द्र)मा डुङ्गा डुब्दा कम्तिमा ३१ आप्रवासीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले मृतकमध्ये पाँच जना महिला र एक सानी बालिका रहेको बताए । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

डुङ्गामा सवार ब्यक्तिहरुको पहिचान र डुङ्गा डुब्नुको कारणहरुबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।