दुहबीबाट ट्रान्सफर्मर चोरीको मुख्य आरोपित खाँ पक्राउ

न्युजलय १७ साउन २०८२, शुक्रबार ०१:४५ मा प्रकाशित

सुनसरी । सुनसरीको दुहबी नगरपालिका – ८, कदम गाछी स्थितबाट अनुसन्धानको क्रममा ट्रान्सफर्मर चोरीको खुलासा भएको छ।

प्रहरीले दुहबी –२ का ३९ वर्षीय प्रयाग कुमार खाँ र उनले चलाएको को १ च ७७२९ नम्बरको म्याजिक भ्यानसहित प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय दुहबीबाट सादा पोसाकमा खटिएका प्रहरी सहायक हवल्दार सुशील साहको नेतृत्वमा खाँलाई फक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखी आवश्यक अनुसन्धानपछि कानुनी कारबाहीका लागि मोरङतर्फ पठाइएको छ।

घटना भएको स्थान दुहबी प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर उत्तरतर्फ हो। पछिल्लो समय ट्रान्सफर्मर चोरीको घटना बढेपछि प्रहरीले चोरीमा संलग्नलाई खोजी कार्य जारी राखेको जनाएको छ ।

प्रहरीले चोरीका घटनामा संलग्न व्यक्ति तथा समूहविरुद्ध थप कडाइ गर्ने जनाएको छ।