महेन्द्र मोरङ क्याम्पसमा नेविसंघ कार्यकर्ताबिच झडप, दुई जना घाइते

न्युजलय १५ फाल्गुण २०८१, बिहिबार ०५:२८ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । नेविसंघ नेपाली काँग्रेस निकट विद्यार्थी संगठन हो ।


नेविसंघ मोरङका सभापति सरोज पोखरेल र आयुष दाहाल सहितको टोली र स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहबिच झडप भएको हो । झडपमा वञ्चरो, तरवार र लाठी प्रहार गरिएको थियो । पोख्रेलको समुहले इकाइ समिति बनाउन खोजेको भन्दै पौडेलको समुहले प्रतिवाद गर्दा झडप भएको बताइएको छ । 


पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् । झडपमा परेर पोखरेल र दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।