धरानमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

न्युजलय ३ भदौ २०८२, मङ्गलबार १२:५४ मा प्रकाशित

धरान । धरानमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

धरान –१ पुरानो बजारस्थित भित्री सडकमा बागमती प्रदेश ०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ठक्कर दिँदा ५८ वर्षीया सरिता विक गम्भीर घाइते भएकी थिइन्।

विकलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले स्कुटर चालक इटहरी –४ का १८ वर्षीय चिरञ्जीवी गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

पैदल यात्रामा रहेकी विकले अचानक बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।