इटहरी । कोशी प्रदेशमा जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ।
झापाको बिर्तामोडमा नेपाल प्रहरीसँगको झडपमा घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो।
यसअघि झडपमा झापा अर्जुनधाराका ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो। यसैगरी भदौ २४ गते एकैदिन सुनसरीको इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदारको मृत्यु भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभरी हाल चार जनाको मृत्यु भएको हो।