विहीबार नेकपा (एमाले) इटहरीले रक्तदान गर्दै, रक्तदातालाई दुई किलो चामलको प्याकेट उपहार

न्युजलय १५ जेठ २०८२, बुधबार ०६:५९ मा प्रकाशित

इटहरी । नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीले गणतन्त्र दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। 


रक्तदानमार्फत समाजमा जीवन बचाउने अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको संयोजक उमेश दाहालले जानकारी दिए । 


९० दिनअघि रक्तदान गरेका स्वस्थ व्यक्तिहरुले रगत दान गर्न सक्नेछन् । रक्तदाताहरुलाई विभिन्न सुविधा दिइने दाहालले जानकारी दिएका छन् । उनका अनुसार रक्तदान गर्नेलाई विराट टिचिङ्ग हस्पिटलमा उपचारमा विशेष छुट दिइनेछ । यस्तै प्रत्येक रक्तदातालाई २ केजी चामलको प्याकेट उपहारस्वरुप दिइनेछ । 


बिहान ७ बजेदेखि इटहरी उपमहानगरपालिका अगाडी रक्तदान गरिने जनाइएको छ ।


नेकपा एमाले इटहरी नगर कमिटिले यसअघि पनि पटक पटक रक्तदान कार्यक्रम गर्दै आएको छ ।