निजामतीमा तीन तह थप्ने तयारी

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०७:२९ मा प्रकाशित

काठमाडौँ । सरकारले अधिकृतदेखि सचिवसम्म तीन पद थप गर्ने तयारी गरेको छ । संघीय निजामतीसम्बन्धी अध्यादेशमार्फत अधिकृतबाट उपसचिव, उपसचिवबाट सहसचिव र सहसचिवबाट सचिवमा बढुवा हुनुअघि एक–एक श्रेणी थप गर्न छलफल भइरहेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार पदको नाम भने यकिन भइसकेको छैन ।

सरकारले संसद् बन्द गरेर संघीय निजामतीको पूर्ण वा आंशिक अध्यादेश ल्याउने तयारी गरिरहेको छ । निजामतीमा पद थप्दा प्रदेश सचिव, विभागीय प्रमुख, उपसचिव र अधिकृत प्रमुख भएका कार्यालयहरूमा कनिष्ठ र वरिष्ठका आधारमा कामकाज गराउन सहज हुने अनुमान गरिएको छ ।