बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

न्युजलय २० असोज २०८२, सोमबार ११:३९ मा प्रकाशित

 काठमाण्डौ । शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ भने  सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीकाअनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।

रौतहटमा तीन जना र काभ्रेमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना  र काठमाण्डौमा एक जना बेपत्ता छन् ।