इटहरी । सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलका अनुसार बिहीबार दिउँसो उद्धार अभ्यासका क्रममा बेपत्ता भएका जवानहरूमध्ये झापाका हरिदेव राजवंशीको शव आज बिहान फेला परेको हो।
शव घटनास्थल नजिकैको कोशी नदीको भागमा डुबेको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ।
राजवंशी बिहीबार दिउँसो अभ्यासका क्रममा पर्सा गणअन्तर्गत छिन्नमस्ता बाहिनीमा कार्यरत जवान सुरज साउदसँगै बेपत्ता भएका थिए।
सुरज साउदको खोजी कार्य भने अझै जारी रहेको जनाइएको छ ।