देवानगञ्जबाट तीन सय ५० केजी गाँजा बरामद

न्युजलय २४ माघ २०८१, बिहिबार ०१:०१ मा प्रकाशित

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट तीन सय ५० केजी गाँजासहित भारती स्कोरपियो प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिहीबार विहान नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय एचआर ७० ई ९५०२ नम्बर प्लेटको स्कारपियोमा तीन सय ५० केजी गाँजा बरामद गरेको हो ।

गाजा ओसारपसारका लागि प्रयोग गरिएको स्कोरपियो चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने प्रयास गरेकाले त्यस क्रममा चिमडी श्री मावि अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित हुन पुगेको थियो । त्यसमा शंका लागेर प्रहरीले पछ्याउँने क्रममा गाँजा बरामत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका असुनार उक्त स्कारपियोमाथी शंका लागेपछि इलाका प्रहरी कार्यालय चसमडीले गाडीलाई पछ्याउँदा करिब ३ किलोमिटर पर मात्रै नियन्त्रणमा लिएको थियो । गाडी खाल्डोमा पुगेपछि गाजा तस्करहरू भाग्न सफल भएका थिए । 

अनुसन्धानका क्रममा प्रहरीले एउटा मोटरसाइकल पनि बरामद गरेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।