भोजपुर । भोजपुरमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका–३ का रोशन विक र दिपेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमरा प्रहरी चौकी च्याङग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।