गोरुको मासुसहित पाँच जना पक्राउ

न्युजलय २१ बैशाख २०८२, आइतबार ११:४० मा प्रकाशित

झापा । झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्।

गएराति गौरादह नगरपालिका –१ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा गौरादह– १ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।

अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।