सुनसरी । बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन्।
बराहक्षेत्र–७ स्थायी घर भएका ५९ वर्षीय पुरुषलाई बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आफ्नै घरमा घरेलु कामदारका रुममा काम गर्दै आएकी भोजपुरको आमचोक गाउँपालिका–३ घर भएकी १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको बताइएको छ ।