एजेन्सी । स्टार भलिबल खेलाडीको तालेबानले बर्बरतापूर्वक हत्या गरेको छ ।
अफगान राष्ट्रिय महिला टोलीकी सदस्य महजबिन हकिमीको शिर छेदन गरी हत्या गरेको द पर्सियन इन्डेपेन्टेन्टले जनाएको हो । अन्तर्वार्ताका क्रममा राष्ट्रिय टोलीकी प्रशिक्षकले नै यस्तो जानकारी दिएकी हुन् । हकिमीको परिवारलाई धम्की दिएका कारण उक्त हत्या गुपचुप हुन पुगेको थियो ।
अशरफ घानीको सरकार ढल्नुअघि हकिमी काबुल म्युनिसिपालिटी भलिबल क्लबमा आबद्ध थिइन् । केही दिनअघि छेदन गरिएको टाउको र रगतले लतपतिएको घाँटीसहितको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । र उक्त तस्वीर हकिमीको रहेको बताइएको थियो ।