काठमाडौँ । आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५,९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।
शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८९ औँ बैठकले आगामी वर्षबाट नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको हो ।
हाल देशभरका विभिन्न २८ वटा विद्यालयमा नयाँ पाठ्क्रम परीक्षण भइरहेको र उक्त पाठ्क्रमलाई आगामी वर्षबाट देशभरका सबै विद्यालयमा एक साथ लागु गर्ने पाठ्क्रम विकास केन्द्रले जनाएको छ ।
त्यस्तै आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ मा पनि नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने बताइएको छ ।