इटहरीमा ब्राह्मण समाज नेपालको समिति गठन

न्युजलय १७ साउन २०८२, शुक्रबार ०९:२२ मा प्रकाशित

इटहरी । ब्राह्मण समाज नेपालले इटहरी उपमहानगरस्तरीय समिति गठन गरेको छ। ब्राह्मण समाजलाई एकबद्ध बनाउने लक्ष्यसहित घनश्याम बरालको अध्यक्षतामा समिति बनेको हो । 


समितिको उपाध्यक्षमा लोचना घिमिरे, सचिवमा रेवती भट्टराई, र कोषाध्यक्षमा दुर्गा प्रसाद पोखरेल चयन भएका छन् । १५ जनाको कार्यसमिति बनेको हो ।


समिति गठनको जानकारी दिँदै ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सचिव ज्यो.पं. कमलप्रसाद दाहालले ब्राह्मण समाजलाई एकबद्ध बनाउन र ब्राह्मण समुदायलाई आफ्ना परम्परा र संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्ने उद्देश्यले समिति विस्तारलाई तीव्रता दिएको जानकारी दिए ।