विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लु भेटिएको छ । केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटिएको थियो ।
गत ७ फागुनमा सुनसरीको कोशी गाउँपालिका–६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । त्यसका एकसाता पछि अर्थात १३ फागुनमा दुहबी नगरपालिका–९ र १० मा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो ।
दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारका अनुसार १३ फागुनमा परीक्षण गर्दा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो ।
स्वाइनफ्लुबाट २५ वटा बङ्गुर मरिसकेको उनले बताए । स्वाइनफ्लु देखिएपछि १५ दिनका लागि बङ्गुर ओसारपसार र मासु बिक्री वितरणमा रोक लगाइएको उनले बताए ।
उनका अनुसार वडा नम्बर ९ को छाताबेली चोक र चौधरी टोल, वडा नम्बर १० को बालकुञ्ज, धाबी टोलमा बङ्गुर मरेपछि प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको थियो ।
‘