दमक । दमकमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
शनिबार बिहान आफ्नै घरको छतबाट खसेर दमक–५ का ८१ वर्षीय टेकबहादुर गुरुङको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी आफ्नै तीन तले घरको छतबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।