इटहरी । २२औं वार्षिकोत्सवको अवसरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले बुधबार शेष नारायण मन्दिर गुरुकुलका विद्यार्थीहरूलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ ।
लायन्स क्लब अफ इटहरी पाथीभरासँगको सहकार्यमा सामाग्री वितरण गरिएको हो ।
सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा दिने गुरुकुलका प्रधानाध्यापक प्रा. डा. यत्रान आचार्यले बताए ।
कार्यक्रममा ईक्यान पूर्वाञ्चलका अध्यक्ष, लायन्स क्लब अफ इटहरी पाथीभराका पदाधिकारी तथा एक्सपर्ट एजुकेशन एण्ड भिसाका कर्मचारीहरू लगायतको सक्रिय उपस्थिति रहेको थियो।
एक्सपर्टका निर्देशक कमल तिम्सिनाले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउन पाउँदा खुसी लागेको बताए ।
एक्सपर्ट इटहरीले वैदेशिक शिक्षामा सहजिकरणका लागि सहयोग गर्नुका साथै समाजको समस्याहरुमा पनि हातेमालो गरी सहयोग गर्ने गरेको एक्सपर्ट इटहरीका भव तिम्सिनाले जानकारी दिए । एक्सपर्टले अष्ट्रेलियाका साथै विभिन्न देशमा अध्ययनका लागि जान विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । यस्तै विभिन्न कक्षाहरुसमेत सञ्चालन गर्दै आएको छ ।