ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हवाई सेवा पूर्ण रूपमा ठप्प भएको छ।
मौसमका कारण नियमित उडान प्रभावित भइरहेका बेला हाल प्राविधिक समस्या र पूर्वाधार अभावका कारण पनि उडान स्थगित गरिएको हो।
विमानस्थल सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमले केही सातादेखि उडान नगरेको पुष्टि गरेको छ।
हवाई सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन्।