स्टिचिङ फ्यूचर कार्यक्रम अन्तर्गत धनकुटाको भानु माध्यमिक विद्यालयमा पोशाक वितरण

न्युजलय २५ जेठ २०८२, शनिवार ०५:३६ मा प्रकाशित

धनकुटा । किवानिस क्लब अफ तरहराको आयोजनामा ‘स्टिचिङ फ्यूचर’ कार्यक्रम अन्तर्गत भानु माध्यमिक विद्यालय, डाँडाबजार, धनकुटामा बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

पूर्व प्राथमिक तहका १९ भन्दा बढी विद्यार्थीहरूलाई पोशाकसहित झोला, जुत्ता, मोजा, कापीलगायतका सामग्री वितरण गरिएको थियो । उक्त सामग्रीहरूको मूल्य करिब ७० हजार बराबरको रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमका संयोजक किवानिस क्लब अफ तरहराका सदस्य  सुरज तामाङ रहेका थिए भने कार्यक्रममा तीन सयभन्दा बढी विद्यार्थी, अभिभावक, शिक्षक, र विद्यालय व्यवस्थापन समिति सदस्यहरूको उपस्थिति रहेको थियो।

किवानिस इन्टरनेशनल डिष्ट्रिक्ट १ का लेफ्टिनेन्ट गभर्नर विकास बजगाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सभापति किवानिस क्लब अफ तरहराका अध्यक्ष गोविन्द घिमिरे रहेका थिए । 

कार्यक्रमलाई सफल बनाउन कृष्ण बहादुर बस्नेत र धनञ्जय प्रसाद आचार्यले सहयोग गरेका थिए ।

यस कार्यक्रममार्फत किवानिस क्लबले बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्य राखेको बताइएको छ। क्लबले आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।