झापा । झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हाल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुशील लिम्बुको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो ।
बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।