काठमाडौ । विश्वकै चर्चित ट्राभल बुक पब्लिसर ‘लोन्ली प्लानेट’ले सन् २०२२ का लागि नेपाललाई विश्वकै आठौँ उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ। प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई आधार मानेर नेपाललाई आठौँ स्थानमा छनोट गरिएको हो ।
प्राचीन भग्नावशेष, ऐतिहासिक स्थल र मनोरम सामुद्रिक जीवन भएका मुलुकहरूलाई समेटेर प्लानेटले १० उत्कृष्ट मुलुकको सूची तयार पारेको छ। प्रारम्भिक चरणमा सूचीकृत भएका दर्जनौँ मुलुकबाट छनोट गरेर उक्त सूचीलाई अन्तिम रूप दिइएको प्लानेटले जनाएको छ।
प्लानेटले सर्वोत्कृष्ट गन्तव्य मुलुकमा द कुक आइल्यान्ड्सलाई छानेको छ भने दोस्रो स्थानमा युरोपेली मुलुक नर्वे परेको छ। अफ्रिकी महादेशको हिन्द महासागरीय टापु मुलुक मौरिससलाई तेस्रो उत्कृष्ट गन्तव्यमा समावेश गरिएको छ।
नेपालबाहेक एसियाबाट अरेबियाली मुलुक शीर्ष ८ मा परेको छ । ओमानलाई सातौँ गन्तव्यमा परेको छ ।