धनकुटा । धनकुटा नगरपालिका–९, स्थित बेलहारामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो धनकुटाको बेलहाराबाट धनकुटा आउँदैदै गरेको २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित सडक नालीमा पल्टिएको हो। दुर्घटनामा अटोमा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइतेलाई धनकुटास्थित जिल्ला अस्पताल ल्याइएको। घाइतेमध्ये बेलहारा बस्ने ६१ वर्षीया निर्मला बस्नेतको हात भाँचिएको छ।
उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको पहरीले जनाएको छ ।