रुबी हत्यामा संलग्न भनिएका पासवानको मृत्यु

न्युजलय १२ भदौ २०८२, बिहिबार १२:०२ मा प्रकाशित

काठमाडौं । रौतहटकी रुबी कुमारी साहको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु भएको छ । 

जलेको अवस्थामा पक्राउ परेका उनलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टरमा पठाइएको थियो ।

पासवानलाई बुधवार दिउँसो २ः२४ बजे अस्पताल पुर्याइएको थियो भने साँझ ६ बजेर १० मिनेट जाँदा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनााएको छ ।