डीएसपीले चलाएको गाडीले सांसद सवार गाडीलाई ठक्कर दिँदा कानेपोखरीमा दुर्घटना

न्युजलय ६ जेठ २०८२, सोमबार ०५:०२ मा प्रकाशित

इटहरी । कोशी प्रदेशका सांसद सवार गाडीलाई कानेपोखरीमा डीएसपी सवार गाडीले ठक्कर दिएको छ ।


सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । 


जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले रातो कार चलाएका थिए । 


दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।