काठमाण्डौ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
आइतबार(आज) बिहान देहरादुनस्थित चकराता–त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ। बोलेरो गाडीमा १५ जना सवार थिए। जसमध्ये दुई जनाको उद्धार गरिएको छ।
प्रहरीका अनुसार गाडी चकराताको बायला गाउँबाट विकास नगर जाँदै थियो। गाउँबाट हिँडेको केही समयमै गाडी अनियन्त्रित भई सडकबाट खसेको थियो।
ु