८८ दिनमा पूर्ण भएको मन्त्रिपरिषद्

न्युजलय २३ असोज २०७८, शनिवार ११:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। दलीय भागबन्डापछि नवनियुक्त मन्त्रीले शुक्रबार शपथ लिएका छन्। 

कांग्रेसका ८, माओवादी केन्द्रका ५, नेकपा ९एकीकृत समाजवादी० का ४ र जसपाका  ४ जना मन्त्री बनेका छन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट १र१ जना राज्यमन्त्री बनेका छन्। केहीको जिम्मेवारी हेरफेर गरिएको छ। उपप्रधानमन्त्री भने कसैलाई पनि बनाइएको छैन। 

चार दलीय गठबन्धनको भागबन्डामा विवाद भएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। मन्त्रिपरिषद्मा १२ जना खस आर्य छन्। ८ जना जनजाति छन्। ४ जना मधेसी, १ जना दलित छन्। महिला ६ जना मन्त्री बने। 

मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट कानुनमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी राज्यमन्त्री बनाइएको छ। 

को कुन मन्त्री–

– शेरबहादुर देउवा, प्रधानमन्त्री

– बालकृष्ण खाँड, गृह

– ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार 

– पम्फा भुसाल, ऊर्जा

– राजेन्द्रप्रसाद श्रेष्ठ, संघीय मामिला 

– विरोध खतिवडा, स्वास्थ्य 

– जनार्दन शर्मा, अर्थ

– डा।मीनेन्द्रप्रसाद रिजाल, रक्षा

– उमाकान्त चौधरी, खानेपानी  

– डा। नारायण खड्का, परराष्ट्र

– रेनुकुमारी यादव, भौतिक पूर्वाधार 

– प्रेमबहादुर आले, पर्यटन 

– दिलेन्द्रप्रसाद बडू, कानुन

– देवेन्द्र पौडेल, शिक्षा

– महेन्द राय यादव, कृषि 

– उमा रेग्मी, महिला, 

– शशी श्रेष्ठ, भूमि व्यवस्था, 

– रामकुमारी झाँक्री, सहरी विकास

– गजेन्द्रबहादुर हमाल, उद्योग

– रामसहायप्रसाद यादव, वन 

– कृष्णकुमार श्रेष्ठ, श्रम 

– महेश्वरजंग गहतराज, खेलकुद

– उमेश श्रेष्ठ, प्रम कार्यालय राज्यमन्त्री

– भवानीप्रसाद खापुङ, स्वास्थ्य राज्यमन्त्री 

– बोधमाया यादव, शिक्षा राज्यमन्त्री 

– खाँड, कार्की, खड्का, भुसाल र शर्मा तथा राज्यमन्त्री श्रेष्ठ यसअघि नै नियुक्त भएका थिए।