डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, चौडामा बिहीबार बिहान जिप दुर्घटना हुँदा मृत्यु हुने चार जनाको सनाखत भएको छ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परी मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।
मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान करिब सवा ९ बजेतिर जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको अनुमान छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ।