न्यूजील्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर पुगीन् अस्पताल

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०४:१९ मा प्रकाशित

काठमाण्डौ । न्यूजील्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन्। उनले अस्पताल पुगेको एक घण्टामै  बच्चा जन्माइन्।

‘बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्‍यो,’ सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेखेकी छन्।

ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उनले यस्तो काम गरेको यो पहिलो पटक होइन। तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उनले सुत्केरी हुन अस्पताल जान साइकल प्रयोग गरेकी थिइन्।

एकचालीस वर्षीया जेन्टर साइकलिङको पक्षमा खुलेर बोल्दै आएकी छन्।