विराटनगर । कोशी प्रदेशले मोटरसाइकलको वार्षिक कर बढाएको छ ।
कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो । यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पुर्याइएको छ ।
त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ५ हजार १ सय पुर्याइएको छ ।
१५० देखि २५० सीसीको मोटरसाइकलमा यसअघिको कर ६ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ६ हजार २ सय रुपैयाँ पुर्याइएको छ ।
योभन्दा बढी क्षमताको लागि भने कर बढाइएको छैन ।