झापा । झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेको र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।