जोडानमा ५० जना महिला कामदारको माग

न्युजलय ३१ कार्तिक २०७८, बुधबार ०८:१० मा प्रकाशित

काठमाडौं । जोडानको एक कम्पनीले ५० जना नेपाली महिला कामदारको माग गरेको छ । जोडानको अमान सहरमा रहेको AJWAA EST कम्पनीले गरी ५० जना नेपाली महिला कामदारको माग गरेको हो ।


न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नुपर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।


कामदारले तलब खान बस्न सहित ३५ हजार पाउने छन् । इच्छुक कामदारले युरो क्रस इण्टरनेशनल प्रालिको कार्यालय एयरपोर्ट काठमाडौंमा मंसिर ७ गते अन्तरवार्ता दिनुपर्ने छ । भाषा तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिनुपर्नेछ । खाना, बस्नसहित तालिम निशुल्क हुनेछ ।


यस्तै, स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।