झापामा काजकिरिया बसेका बेलामा बढ्यो चोरी, नियन्त्रण गर्न अस्थायी सिसि क्यामेरा राखिने

न्युजलय ७ चैत २०८१, शुक्रबार ११:३१ मा प्रकाशित

इटहरी ।  दमक नगरपालिका–८ नम्बर वडा कार्यालयले वडा भित्र काजकिरियामा बसेका वेला निरन्तर भइरहेको चोरीको घटना नियन्त्रण गर्न सीसी क्यामेरा जडान गरेको छ । 

कार्यालयले वडा भित्रका विभिन्न टोलमा मरिमराऊ भएका टोलवासी परिवारहरूको घरहरूमा सीसी क्यामेरा जडान गरेको हो ।  

घरपरिवारका काज किरियामा बस्दाको समय अवधिभर कार्यालयले सीसी क्यामेरा जडान गरी ती घरको निगरानी गर्ने बताइएको छ । किरियामा बसेका बेला निरन्तर भइरहेको चोरी लगायतका घटनालाई मध्यनजर गरी मरिमराऊ भएका घरमा सीसी क्यामेरा जडान गरि निगरानी गरिने कार्यालयले जनाएको छ । 

सम्बन्धी घर परिवारको काजकिरिया सकेपछि सीसीक्यामेरा खोलेर वडा कार्यालयमा लगेर राख्ने वडा अध्यक्षले बताए ।