अहिलेको समय सुचना प्रविधि अर्थात् आइटीको हो । हाम्रो दिनचर्यादेखि हरेक कामहरुमा आइटीको प्रयोग हुने गरेको छ । पुरानो पेशा मानिएको कृषिमै पनि आइटीलाई प्रयोग गरेर उत्पादन बढाउने, कृषि उपजको बजारीकरण गर्ने र बढी भन्दा बढी नाफा कमाउने अभ्यास सुरु भइसकेको छ ।
पछिल्लो समयमा त झन् एआइले आईटीलाई अझ बलियो बनाएको छ । एआइसहितको आइटीको प्रयोग गर्नसक्ने जनशक्ति उत्पादन गर्नका लागि अहिले विश्वविद्यालयहरुले पनि आइटीका कक्षाहरु सञ्चालन गर्न थालेका छन् । यस्तै कलेजहरुले पनि आइटीका कोर्षहरु शैक्षिक कार्यक्रममा राख्ने क्रम तीब्र बनेको छ । आइटीमै भविष्य बनाउनेका लागि यो विषय सीपमूलक र रोजगारीमुलक रहेको छ ।
यसै सन्दर्भमा इटहरीको कस्तुरी कलेजले यसैवर्षदेखि स्नातक तहमा बीआइटीको पढाइ सुरु गर्न लागेको छ । राम्रो शिक्षाको लागि विराटनगर वा काठमाडौ जानुपर्ने बाध्यतालाई चिर्दै कलेजले यसै शैक्षिक सत्रदेखि बीआइटीको पढाइ सुरु गर्न लागेको छ भने त्यसको लागि इन्ट्रान्सको मिति समेत घोषणा गरिसकेको छ ।
न्युनतम योग्यता
‘आईटी इन्जिनियरिङ विषय पढ्नको लागि प्लस टु मा विज्ञान विषय लिएर पढेको हुनुपर्छ । तर बीआइटी पढ्नका लागि विज्ञान विषय नै चाहिँदैन । विद्यार्थीले प्लस टुमा जुनसुकै संकायमा गणित विषय पढेको भए बीआइटीमा भर्ना हुन सक्छन् । प्लस टुमा व्यवस्थापन विषय लिएर पढेको भएपनि उनीहरु स्नातकमा बीआइटीमा भर्ना हुन सक्छन् ।
‘तर, विद्यार्थीहरु भने पूर्वाञ्चल विश्वविद्यालयमा नै बढी भर्ना हुने गरेका छन्,’ उनी भन्छन्, ‘यो कोर्ष केयू र टीयूमा पढाइ भएतापनि धेरै विद्यार्थीहरू भने पीयू अर्थात पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना भइरहेका हुन्छन्। किनकी,
पुर्वाञ्चल विश्वविद्यालयको बीआइटीमा आकर्षण
कस्तुरी कलेजले बीआइटी पढाउनका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको छ । बीआइटीको कोर्ष पुविवि बाहेक त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि ल्याएका छन् । तर तुलनात्मक रुपमा पुविविको बीआइटीमा भर्ना हुन सजिलो छ ।
कस्तो छ रोजगारीको अवसर ?
बीआईटी पढेका विद्यार्थीले सजिलैसँग रोजगारीको अवसर पाउन सक्छन् । कतिपयले त आफ्नै बिजनेससमेत सुरु गर्न सक्छन् ।
विद्यार्थीहरुले सफ्टवेयर तथा वेब डेभेलोपर, मोबाइल एप डेभलपर, सफ्टवेयर इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ, सूचना प्रविधि परामर्शदाता, क्लाउड आर्किटेक्ट, डेटा इन्जिनियर, डाटावेस प्रशासक लगायत क्षेत्रमा आफूलाई स्थापित गर्न सक्छन् ।
नेपालमा मात्र होइन विदेशमा समेत रोजगारीका अवसर पाउन सक्छन् । हरेक क्षेत्रमा आइटी जोडिएको हुँदा आइटी पढेका विद्यार्थीहरुले पढ्दा पढ्दै जागिर पाउन सक्छन् । यस्तै नेपालमै टेक्नोलोजी अफिस खोलेर देशदेखि विदेशसम्म साइबर सेक्यूरिटी र आइटीका काम गर्न पनि सक्छन् ।
कति छ शुल्क ?
यो कोर्ष पढ्नका लागि कलेज अनुसार फरक फरक शुल्क लाग्छ । नेपालमा ५ लाख रुपैयादेखि सुरु हुन्छ । कस्तुरी कलेजले साढे पाँच लाख रुपैया शुल्क तोकेको छ । ४८ जनाको कोटा रहेकोमा ५ जनाले छात्रवृत्तीमा पढ्न पाउने कलेजले जनाएको छ । छात्रवृत्तीको लागि विश्वविद्यालयले नै मिति तोकेर परिक्षा लिने जनाएको छ । गरिब, जेहेन्दारहरुलाई कलेजले गर्ने सहयोग यो कोर्षमा पनि निरन्तर रहेको कलेजले जानकारी दिएको छ ।