धरान । धरानस्थित भाटभटेनीमा शरीर पूर्ण रूपमा जलेको अवस्थामा शव फेला परेको छ । भदौ २४ गते धरानस्थित भाटभटेनी सुपरमार्केटमा आगजनी गर्दा एक व्यक्तिको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकको शरीर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको हो ।
भाटभटेनीको दोस्रो तलामा शवको टाउको मात्र भेटिएको र हालसम्म पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो दिन भानुचोकमा जेन–जी समूहको आन्दोलन सकिएलगत्तै केही व्यक्तिहरू लुटपाट गर्ने उद्देश्यले बन्द अवस्थामा रहेको सुपरमार्केटभित्र प्रवेश गरेका थिए ।
त्यही क्रममा आगो लाग्दा एक जनाको मृत्यु भएको बताइएको छ ।