अपहरण र लुटपाटमा संलग्न रहेको आरोपमा विराटनगरबाट दुई जना पक्राउ

न्युजलय १६ असार २०८२, सोमबार ०३:०८ मा प्रकाशित

विराटनगर । अपहरण र लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का करिब २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का करिब २५ वर्षीय तासिब अन्सारी रहेको मोरङ प्रहरीले  जनाएको छ ।  एक जना भने फरार रहेको प्रहरीले जनाएको छ। 

आफूलाई प्रहरी बताउने ३ जनाको समूहले विराटनगरमा एक जनालाई अपहरण गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार लुटपाट गरेपछि उनलाई उक्त समूहले छाडेको थियो।