सुनसरी । पछिल्लो एक घण्टामा सुनसरी जिल्लास्थित सप्तकोशी चतरामा भारी वर्षा भएको र थप पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई बाढीबाट सजग रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागले शनिबार(आज ) बिहान ५ः३५ बजे चेतावनी जारी गरेको हो ।
विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।