दक्षिण नाइजरको विद्यालयमा आगलागी, २६ विद्यार्थीको मृत्यु

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०२:४६ मा प्रकाशित

एजेन्सी । दक्षिणी नाइजरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २६ जना विद्यार्थीको मृत्यु भएको छ ।

मराडी सहरमा पराल र काठबाट बनेको कक्षाकोठामा आगलागी हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीमा परेर मृत्यु हुने ५ र ६ वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।

घटनाप्रति दुख व्यक्त गर्दै राष्ट्रपति मोहम्मद बाजुमले तत्काल काठको संरचनाहरू प्रतिस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । 

नाइजर, संसारको सबैभन्दा गरिब देशहरू मध्ये एक हो, जसले विद्यालय भवनहरूको अभावलाई हटाउने प्रयास गरिरहेको छ ।