इटहरी । इटहरी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण थप दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा गर्ने निर्णय गरेको छ।
अत्यधिक गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर परेकाले पठनपाठन स्थगित गरिएको हो। जेठ ३० गते (शुक्रबार) सम्मका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ । उक्त बिदा बर्खे बिदाबाट कट्टा गरिने जनाइएको छ।