धनकुटा । सर्वनाम नाट्य समूहको संयोजनमा धनकुटामा सोमबार विभिन्न १३ मुलुकका नाट्यकर्मीले संयुक्त रुपमा सडक नाटक प्रस्तुत गर्ने भएका छन् ।
इन्टरनेसलन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा सडक नाटक प्रस्तुत गरिने बताइएको छ ।
फेस्टिभलमा नेपालसहित भारत, बंगलादेश, चीन, सिंगापुर, दक्षिण कोरिया, फिलिपिन्स, फ्रान्स, बेलायत, हङकङ, ताइवान, जापान, थाइल्यान्ड, बैंकक लगायतका मुलुकका ४० जना प्रसिद्ध कलाकारको प्रस्तुति रहने छ । फेस्टिभल अन्तर्गत एसियाका १३ देशका विभिन्न सहरमा २ सय बढी रंगकर्मी तथा कलाकार सहभागी भइसकेको बताइएको छ ।
धनकुटा नगरपालिका–५ तल्लो कोप्चेमा सोमबार दिउँसो १ बजेदेखि उक्त नाटक प्रदर्शन हुने बताइएको छ ।