विराटनगरमा घरको गेटले किचेर बालकको मृत्यु

न्युजलय १७ बैशाख २०८२, बुधबार १२:२० मा प्रकाशित

विराटनगर । विराटनगरमा गेटले किचेर एक बालकको मृत्यु भएको छ ।

मंगलबार विराटनगर महानगरपालिका– ४ जामुनगाछीस्थित राधाकृष्ण मार्ग बस्ने नारायण झा का १० वर्षीय छोरा प्रियान्सु झा को घरको गेटले किचेर मृत्यु भएको हो ।

स्कुल हिँडेका उनको आफ्नै घरको फलामको गेट खोल्ने क्रममा गेट ढलेर किचेको थियो ।

गेटले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।