प्रेस चौतारीको कोशी प्रदेश अध्यक्षमा सुमन पुरी निर्विरोध

न्युजलय ३१ माघ २०८१, बिहिबार ०७:५७ मा प्रकाशित

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरीसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट ४९ जनाको कार्यसमिति निर्विरोध भएको हो ।


समितिको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् ।यस्तै प्रदेश सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भएका छन् ।


प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेतको प्रमुख आतिथ्यमा भएको अधिवेशनको खुला सत्रमा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, हिरामान लामा लगायतले बोलेका थिए ।


कार्यक्रमका अवसरमा प्रेस चौतारी ज्रिल्ला शाखाका संस्थापक अध्यक्ष र पहिलो पटक नेपाल पत्रकार महासंघ जिल्ला शाखाको अध्यक्ष निर्वाचित हुने कोशी प्रदेश अन्तर्गतका चौतारीका अग्रजहरु, देशभरकै पत्रकार महासंघको पहिलो महिला शाखा अध्यक्ष कोकिला ढकाल, कोशी प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष विक्रम लुईटेललगायत, पहिलो पटक प्रेस चौतारी नेपालबाट नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष निर्वाचित हुने डा. महेन्द्र विष्टलगायतलाई सम्मान गरिएको थियो । 


बन्दसत्रमा महासचिव बाबुराम भण्डारीले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष युवराज विवसले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।