विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ ।
त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । हाल दमकको अवस्था तनावपूर्ण छ ।
जेनजी आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका छन् ।